• 社会医療法人 雪の聖母会 聖マリア病院
    •  電話・メール  
    • 交通アクセス
  • 文字サイズ

    • 標準
    • 拡大
  • サイト内検索 

閉じる


準備中です。

सेन्ट मेरीज अस्पताल बिरामीहरू र आगन्तुकहरूको लागि जानकारी (नेपाली)

(अप्रिल १५, २०२४ बमोजिम)

व्याख्या

हाम्रा बिरामीहरूको लागि निम्नलिखित भाषाहरूमा दोभाषे सेवाहरू उपलब्ध छन् । (अप्रिल १, २०२३ बमोजिम)
अङ्ग्रेजी भाषा, कोरीयाली भाषा, चीनियाँ भाषा, भियतनामी भाषा, फिलिपिनो भाषा, नेपाली भाषा, इन्डोनेसियाली भाषा, बर्मेली भाषा, थाइल्यान्डेली भाषा, पोर्चुगाली भाषा, स्पेनी भाषा, फ्रान्सेली भाषा, रूषी भाषा, हिन्दी भाषा, मङ्गोलीयन भाषा, फारसी भाषा, क्यान्टोनिज भाषा, अरबी भाषा, उर्दू भाषा, लाओ भाषा, सिंहाली भाषा, इटालेलीभाषा, खमेर भाषा, बंगाली भाषा, जर्मन भाषा, ताइवानी भाषा, दारी भाषा, पश्तो भाषा, टर्की भाषा, तमिल भाषा, युक्रेनी भाषा, मलय भाषा
*अनुवाद सेवा लिनको लागि, कुनैकुनै भाषामा अग्रिम बुकिङको आवश्यक्ता पर्नपनि सक्छ

रिसेप्शन

परामर्श समय

८:३० देखि ११:३०
अपरान्हको समय सामान्यतया आरक्षणको लागि हो । आपत्कालीन बिरामीहरूलाई सामुदायिक चिकित्सा सहायता (टावर) भवनमा स्वीकार गरिन्छ ।

छुट्टीका दिन

आइतबार र सार्वजनिक बिदा
सामुदायिक चिकित्सा सहायता (टावर) भवनको तल्ला १ मा रहेको आपत्कालीन र क्रिटिकल केयर सेन्टरले दिनको २४ घण्टा ३६५ दिन बिरामीहरूलाई स्वीकार गर्ने छ ।

बिरामी भेट्ने समय

सोमबारदेखि शनिबार: दिउँसो १:०० देखि बेलुका ८:०० सम्म
आइतबार र सार्वजनिक बिदा: बिहान १०:०० देखि बेलुका ८:०० सम्म

संक्रमणको फैलावट रोक्न, भर्ना भएका बिरामीहरू भेट्न आउने आगन्तुकहरूका लागि केही प्रतिबन्धहरू छन्। विस्तृत जानकारीहरूका लागि कृपया अस्पतालका कर्मचारीहरूलाई सोध्नुहोस्।

सिफारिस पत्र

सोमवार देखि शुक्रवारको जाँच गरिने समय भित्र हुने स्वास्थ्य जाँचमा, सिफारिस पत्र नभएकाहरू, वा अन्य स्वास्थ्य निकायमा सिफारिस गरिने कुरामा असहमत हुनेले लेखामा जाँच शुल्क बाहेक, अतिरिक्त उपचार शुल्क पनि तिर्नुपर्नेछ ।
・पहिलो पटक जाँच गराउनेलाई:७,७०० येन(कर सहित)
・पुन: जाँच गराउनेलाई:३,३०० येन(कर सहित)
तपाईंहरू समक्ष यसको तात्पर्यलाई बुझिदिनका लागि अनुरोध गरिन्छ ।

अस्पतालका उपचार सम्बन्धी विभागहरू

आन्तरिक चिकित्सा:

मधुमेह र एन्डोक्रिनोलोजी विभाग, श्वास प्रश्वास चिकित्सा विभाग, रुमेटोलोजी तथा कनेक्टिभ टिस्यु रोग विभाग, गैस्ट्रो इन्टेरोलोजी विभाग, नेफ्रोलोजी र डायलिसिस विभाग, हेमेटोलोजी विभाग, हस्पिस केयर विभाग, संक्रामक रोग विभाग, कार्डियोलोजी विभाग, स्वास्थ्यलाभको केयर विभाग, जीवनशैली रोगहरूको विभाग

शल्यक्रिया:

प्लास्टिक र पुनर्निर्माण शल्यचिकित्सा विभाग, स्तन शल्यचिकित्सा विभाग, आर्थोपेडिक शल्यचिकित्सा विभाग, प्रत्यारोपण शल्यचिकित्सा विभाग, कार्डियो भास्कुलर शल्यचिकित्सा विभाग, थोरैसिक शल्यचिकित्सा विभाग, एनेस्थेसियोलोजी विभाग, शल्यचिकित्सा विभाग

बाल रोग:

बाल रोग विभाग, बाल रोग शल्यचिकित्सा विभाग, नवजात शिशु विज्ञान विभाग, बाल कार्डियोलोजी विभाग

प्रसूति, स्त्री रोग र मूत्रविज्ञान:

प्रसूति विभाग, स्त्री रोग विभाग, यूरोलोजी विभाग

न्यूरोलोजी र मनोरोग:

सेरेब्रोवास्कुलर मेडिसिन विभाग, न्यूरोलोजी विभाग, न्यूरोसर्जरी विभाग, साइकाइट्री (मानसिक रोग) विभाग

ज्ञानेन्द्रीयहरू:

अप्थाल्मोलोजी विभाग, नाक,कान,घाँटी रोग विभाग (ENT) विभाग, डर्माटोलोजी (छाला रोग) विभाग

दन्त चिकित्सा र मुखको शल्य चिकित्सा:

दन्त चिकित्सा र मुखको शल्यचिकित्सा विभाग, बाल दन्त चिकित्सा विभाग, अर्थोडोन्टिक्स विभाग

रेडियोलोजी:

रेडियोलोजी विभाग, रेडियोथेरापी विभाग, परमाणु चिकित्सा विभाग

आपतकालीन चिकित्सा:

इमरजेन्सी मेडिसिन विभाग, क्रिटिकल केयर विभाग

अन्य विभागहरू:

पुनर्वास चिकित्सा विभाग, बल्ड ट्रान्सफ्युजन मेडिसिन विभाग, प्याथोलोजी विभाग

पहुँच

नक्सा:

पहुँच:

  • · JR कुरुमे स्टेसनबाट ट्याक्सीमा १० मिनेट (JR हाकाता स्टेसनबाट JR कुरुमे स्टेसनसम्म एक्सप्रेस ट्रेनमा ३५ मिनेट)
  • · निसितेत्सु कुरुमे स्टेसनबाट ट्याक्सीमा ६ मिनेट (निसितेत्सु फुकुओका (तेन्जिन) स्टेसन वा ओमुता स्टेसनबाट निसितेत्सु कुरुमे स्टेसनसम्म लिमिटेड एक्सप्रेस ट्रेनमा ३० मिनेट)
  • · निशीतेचु सेन्ट मेरी अस्पताल (Sei Maria Byoin Mae) स्टेशन बाट पैदल ५ मिनेट
  • · निसितेत्सु बस ५० नम्बरको रूटमा सेइ मारिआ अस्पताल बस स्टपमा बस ओर्लेर ठ्याक्क अगाडि

ठेगाना:

जापान, ८३०-८५४३, फुकुओका प्रान्त, कुरुमे सहर, त्सुबुकुहोन्माची ४२२

सम्पर्क गर्नुहोस्

फोन नम्बर:

· ०५७०-०५-१२२४: बहिरङ्ग परामर्शको भर्ना गर्न / परिवर्तन गर्नको लागि
(सोमबार - शनिबार, सारवजनिक बिदाको दिन बाहेक, दिउँसो २:०० - ४:३०)
・०९४२-३५-३३२२: अन्य सबै सोधपुछको लागि
यी फोन नम्बरहरू जापानी भाषामा मात्र उपलब्ध छ ।

फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्रले टेलिफोनमा २१ वटा भाषाहरूमा चिकित्सा दोभासे सहायता प्रदान गर्छ । यस केन्द्रको नम्बर ०९२-२८६-९५९५ मा कल गरेर कुरुमे सहरमा अवस्थित सेन्ट मेरीज अस्पताललाई कल गर्न चाहन्छु भनी भन्नुभयो भने, दोभासेले कल गरेर तपाईँको सोधपुछ जापानी भाषामा अनुवाद गरिदिनेछ ।
विस्तृत जानकारीको लागि, कृपया हेर्नुहोस्:
https://imsc.pref.fukuoka.lg.jp/wp-content/uploads/2022/02/%E3%82%A2%E3%82%B8%E3%82%B5%E3%83%9D%E3%83%81%E3%83%A9%E3%82%B7-%E6%97%A5%E8%8B%B1.png

फ्याक्स नम्बर:

०९४२-३४-३११५

सेन्ट मेरीज अस्पतालको बारेमा भिडियो हेर्नुहोस्

तपाईँको बहिरङ्ग भेट: अस्पताल पुगे पछि के गर्नुपर्छ ?

1. भर्ना

पहिलो, स्वास्थ्य उपचारको लागि आवेदन भर्नुहोस् । त्यसपछि तपाईँले पर्खेर बस्दा, सामान्य रिसेप्सनमा तपाईँको लागि बिरामी आईडी कार्ड र मेडिकल रेकर्ड बनाइनेछ । तपाईँको नाम बोलाइएपछि, तपाईँको आईडी कार्ड र मेडिकल रेकर्ड लिएर निर्दिष्ट चिकित्सा विभाग (ब्लक A-G वा S) मा जानुहोस् । तलको नक्सा हेर्नुहोस् ।
"स्वास्थ्य उपचारको लागि आवेदन" जस्ता सामान्यतया प्रयोग गरिने फारमहरू अंग्रेजी, चिनियाँ, भियतनामी, तागालोग र नेपालीका भाषाहरूमा उपलब्ध छ ।

2. चिकित्सा विभाग

विभाग काउन्टर अगाडि बढ्नुहोस् र काउन्टरमा भएका व्यक्तिलाई तपाईँको बिरामी आईडी कार्ड दिनुहोस् । स्वास्थ्य सम्बन्धी प्रश्नावली भर्नुहोस् र जबसम्म तपाईँलाई बोलाइँदैन वा तपाईँको नम्बर प्रदर्शित हुँदैन तबसम्म पर्खनुहोस् ।

3. परीक्षण

यदि व्यापक मूल्याङ्कन/निदान गर्नको लागि तपाईँले परीक्षणहरू दिनु आवश्यक छ भने, तपाईँलाई परीक्षणहरू पूरा गर्न निर्देशित गरिनेछ । सम्बन्धित परीक्षण क्षेत्रमा गई परीक्षणहरू समाप्त भएपछि, तपाईँको विभागमा फर्कर तपाईँको जानकारी काउन्टरमा हस्तान्तरण गर्नुहोस् ।

4. परामर्श

डाक्टरले या त रोग निदान गर्नुहुनेछ वा थप परीक्षण गर्न अनुरोध गर्नुहुनेछ । तपाईँले परीक्षणहरू गरिसक्नुभएको छ भने डाक्टरले परिणामहरूको व्याख्या गर्नुहुनेछ अनि पछि भेट्ने समयको लागि मिति/समयको व्यवस्था गर्नुहुनेछ । नबिर्सीकन तपाईँका कागजहरू लिएर जानुहोस् ।

5. भुक्तानी गर्ने

तल्लो तल्लामा ओर्लेर भुक्तानी रिसेप्सनमा गई तपाईँका कागजहरू दिनुहोस् । आजको कुल बिल रकम गणना गरिनेछ अनि तपाईँलाई स्वचालित भुक्तानी मेसिनमा प्रयोग गर्नको लागि एउटा नम्बर स्लिप दिइनेछ । (केही अवसरहरूमा तपाईँलाई मेसिनमा नभई तपाईँ स्वयम्‌ले प्रत्यक्ष तिर्न भनिनेछ ।) तपाईँको नम्बर स्क्रिनमा देखा नपरेसम्म पर्खनुहोस् र नगद वा क्रेडिट कार्डद्वारा बिल रकम तिर्नुहोस् ।

6. औषधी

यदि तपाईँलाई औषधी निर्धारित गरिएको छ भने तपाईँलाई डाक्टरबाट (अस्पताल बाहिर फार्मेसी प्रेस्क्रिप्सन) वा तपाईँले आफ्नो बिल तिर्ने बेला (अस्पताल भित्र फार्मेसी प्रेस्क्रिप्सन) एउटा प्रेस्क्रिप्सन दिइनेछ। कृपया त्यो प्रेस्क्रिप्सन लिएर सान्दर्भिक फार्मेसीमा गई औषधी प्राप्त गर्नुहोस् ।

बहिरङ्ग बिरामी विभाग फ्लोर गाइड

Outpatient Department Floor Guide

  • 聖マリア学院大学 学生募集
  • NPO法人 ISAPH
  • NASVA
  • Minds
  • 筑後感染ネットワーク
  • iサイクル
  • 日本臓器移植ネットワーク
このページの上へ